Parda sansar and Pardasansar

काठमाडौं । विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट हुँदै अवार्डसमेत जितिसकेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ घरेलु दर्शकमाझ प्रदर्शनको तयारीमा छ । कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड जितेको यो चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ । निर्देशक अविनाश विक्रम शाहको निर्देशन तथा पटकथामा बनेको चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले तयार पारेका हुन् । चलचित्र यही भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ । ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ नेपाली चलचित्रमा हात्तीलाई कथाको महत्वपूर्ण हिस्सा र विम्बका रूपमा प्रयोग गरिएको पहिलो सिनेमा भएको निर्माणपक्षको दाबी छ । यद्यपि, यो चलचित्र …

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा नयाँ तीज गीतहरू धमाधम सार्वजनिक भैरहेका छन् । यस्तैमा  गीतकार तथा साहित्यकार कमला न्यौपानेको शब्द रहेको तीज गीत ‘माइती नगई तीजै आएन’ सार्वजनिक गरिएको छ । गङ्गा सोनाम, सज्जा चौलागाईं र सलिना विश्वकर्माको संयुक्त स्वर रहेको गीतमा वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा गोपाल रसाईलीको संगीत संयोजन छ । गीतमा ‘मिस पवि’ र अलिशा बास्तोला लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । नेपाली समाजमा तीजको समयमा माइती र आमाबुबाको महत्व कति हुन्छ भन्ने भावनालाई गीतमा प्रस्तुत गरिएको छ । बर्सौंदिनमा आउने तीजमा माइत जान नपाउँदा चेलीको मनमा उब्जने पीडा र …

एजेन्सी । ‘केजीएफ’ स्टार यशको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ ले बक्स अफिसमा दोस्रो दिनमै तीव्र गिरावट व्यहोरेको छ । पहिलो दिन भारतभर १०१.१० करोडको आक्रामक ओपनिङ गरेको यस फिल्मको कमाइ दोस्रो दिन करिब ६२.८ प्रतिशतले घटेर ३७ करोड ६५ लाख भारुमा सीमित भएको छ। दुई दिनमा विश्वभरबाट १८५ करोड ६० लाख ग्रस संकलन गरेको फिल्मले सबैभन्दा बढी व्यापार हिन्दी भर्सन (करिब ८० करोड) बाट गरेको छ । यद्यपि, ५०० करोडको विशाल बजेटमा बनेको फिल्मका लागि यो गिरावट चिन्ताजनक मानिएको छ। गीतू मोहनदास निर्देशित ३ घण्टा १४ मिनेट लामो यो ग्याङस्टर फिल्ममा यशको …

 

समाचार

31 views

बिर्तामोड । चलचित्र मास्टर्नीका मुख्य कलाकार प्रियंका कार्की, सिमरन खड्का लगायत टिमले पूर्वका दर्शकसँग भेटघाट गरेका छन् । बुधबार बिर्तामोडस्थित पाथिभरा सिने प्लाजाका दर्शकसँग टिमले भेटघाट गरेको थियो । सोही क्रममा अभिनेत्री प्रियंका कार्कीले मास्टर्नीको सिक्वेन्स पनि आउन सक्ने संकेत गरेकी छन् । ‘मास्टर्नीमा एउटा साइडको कथा आएको छ, अर्को साइडको रहस्य खुल्न बाँकी नै छ’, उनले भनिन् । ‘गौँथली’ चलचित्रबाट चर्चामा आएकी अभिनेत्री सिमरन खड्का भने यस चलचित्रमा ‘अंकिता’को भूमिकामा छिन् । फिल्ममा उनी मास्टर्नीको छोरीको देखिएकी छन् । …

 

हलिउड/बलिउड

42 views

मुम्बइ । बलिउड सिनेमा ‘मिर्जापुरः द मुभिज’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले युट्युबबाट ट्रेलर सार्वजनिक गरेका हुन् । यो सिनेमा चर्चित वेब सिरिज ‘मिर्जापुर’मा आधारित छ । निर्माण टिमले सिनेमामा रूपान्तरण गरेर प्रदर्शन गर्न लागेका छन् । सिनेमा ४ सेप्टेम्बर अर्थात् भदौ १९ गते प्रदर्शन हुनेछ । सिनेमा मिर्जापुरको ‘गद्दी’माथिको नियन्त्रण, शक्ति संघर्ष, बदला र अपराधको कथामा आधारित छ । ट्रेलरमा पनि मिर्जापुरको ‘गद्दी’माथिको नियन्त्रण, शक्ति संघर्ष, बदला र अपराधको कथालाई फिल्ममा अझ ठूलो स्तरमा प्रस्तुत …

 

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus