Parda sansar and Pardasansar

झापा ।  अभिनेत्री रेखा थापाको निर्माण रहेको फिल्म ‘३६ को आँकडा’ नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउने भएको छ। सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्म आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा रेखा थापा, पूजा शर्मा, निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्कालगायत कलाकारहरू मुख्य भूमिकामा छन्। निरूता यो फिल्ममार्फत वर्षौपछि हलको पर्दामा देखिन लागेकी हुन्। यसअघि सार्वजनिक फिल्मको पोस्टरलाई दर्शकहरूले रूचाएका छन्। फिल्मले दर्शकहरूलाई फरक स्वाद दिने विश्वास गरिएको छ।  ‘३६ को आँकडा’ रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो। यसलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्दैछ।

झापा ।  माघ १६ देखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ मा आधारित कभर गीत र अभिनय प्रतियोगिता घोषणा गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर गाउन वा अभिनय गर्नुपर्नेछ । सहभागीले आफ्नो रुचि अनुसार कभर गीत वा अभिनय प्रस्तुत गरी भिडियो निर्माण गरेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ । तोकिएको समयसीमाभित्र अपलोड भएका भिडियोहरू मात्र प्रतिस्पर्धामा समावेश गरिनेछ । निर्देशक चन्द्र पन्तका अनुसार उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । भिडियो अपलोड …

झापा । आगामी फागुन १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘प्रवासी जीवन’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । विदेशमा बस्ने नेपालीहरूमा बढ्दो मानसिक समस्या र त्यसले वैयक्तिक जीवनमा पार्ने प्रभावलाई समेटिएको टिजरमा अभिनेता राजेश हमाल मनोचिकित्सकको भूमिकामा देखिएका छन् । निर्देशक श्याम क्षेत्रीले फिल्मको कथामा जो कोहीले आफू वा आफ्नो वरपरको दृश्य पाउने बताएका छन् । उनी भन्छन्, ‘हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौं तर, मानसिक रुपमा भोहिरहेको यातनालाई बेवास्ता गर्छौं । फिल्मले प्रवासी जीवनको एउटा नदेखिएको सरलझैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।’ क्षेत्रीसँगै राम अधिकारीको पनि …

 

समाचार

18 views

झापा ।  नेपाली डकुमेन्ट्री ‘जिरो टु ८८४८’ ले फ्रान्सको प्रसिद्ध ‘वर्ल्ड फिल्म फेस्टिभल’ मा उत्कृष्ट एसियाली फिल्मको पुरस्कार जितेको छ । मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्चतम प्रस्तुतिलाई आधार मानेर फिल्मलाई अवार्ड प्रदान गरिएको छ । फिल्मले नेपालको सबैभन्दा होचो भूभाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई जीवन्त र गहिरो वास्तविकताका साथ प्रस्तुत गरेको छ । जलवायु परिवर्तन, भौगोलिक विविधता तथा जीवनलाई एउटा आरोहणको रूपमा बुझाउने दार्शनिक सन्देश पनि यस डकुमेन्ट्री फिल्ममा समेटिएको छ …

 

हलिउड/बलिउड

45 views

बलिउड अभिनेता आयुष्मान खुराना र अभिनेत्री रश्मिका मन्दना अभिनीत हरर-कमेडी फिल्म ‘थामा’ ओटिटीमा रिलिज भएको छ। सिनेमा हलमा प्रदर्शनमा आएको ६ हप्तामै यसलाई ओटिटीमा स्ट्रिमिङ गरिएको हो। मंगलबारदेखि फिल्म अमेजन प्राइम भिडिओमार्फत विश्वभरका दर्शकहरूले हेर्न सक्नेछन्। गत दिपावलीको अवसर पारेर प्रदर्शनमा आएको ‘थामा’ ले बक्स अफिसमा विश्वव्यापी रूपमा करिब १८७ करोड भारू कमाएको थियो। फिल्म नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भएको थियो। आदित्य सरपोतदार निर्देशित ‘थामा’ मा आयुष्मान र रश्मिकासँगै नवाजुद्दिन सिद्दीकी, परेश रावल, फैसल मलिकलगायत कलाकारहरूको अभिनय छ। फिल्ममा हास्य, डर …

 

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus